
स्वागत छ मेरो घरमा / WELCOM TO MY HOME
नमस्ते मेरो सम्पूर्ण मित्रहरु लाई मा सन्दीप सुनार को तर्फाबाट,,, तपाई हरूलाई स्वागत् गर्दछु कही समय लियर भएपनी यस् website मा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद .... दिन चाहन्छौ............
PAHILO DIGITAL PHOTOSTUDIO
यस् पहिलो डिजिटल मा कही कुरा सिकन र जान्न चाहनु हुन्छ भने हामी संग सम्पर्क गर्नु होला MY CONTACT FOR INFORMATION लागि # facebook = sandeep sadashankar # gmail = sagarabc6060@gmail.com # like page =nepalisoft # phone no = 0599013006/9816060303 THANKS FOR C......
( NEPALI TRAINING )
नेपाली COMPUTER ट्रिनिंग ( Nepali training) is youtube channels where you can learn internet blogging website and computer tricks and tutorials in nepali and you will be receiving a lots of video tutorials relaating to information technologies which will be really usefull नेपाली यस् तालिममा तपाइहरू सबैलाइ स्वागत छ | युटूमार्फट हामी तपाईहरूलाई कम्प्युटर .इन्टरनेट तथा प्रविधि सम्बन्धि जानकारी ट्रिक्स टूयुटोरियलहरु तालिमको रुपमा लिएरआउनेछौ | हामीहरूलाई साथ र तालिम निरन्तर प्राप्त गर्नुको लागि हाम्रो च्यानल सब्सकाईब गरिदिनुहुन् अनुरोध गर्दछौ
PLEASE SUBSCRIBE MY YOUTUBE CHANNEL
PLEASE मेरो YOUTUBE चान्नेल SUBSCRIBE गर्न नभूल्नु होला यस् माथि भएको YOUTUBE OPTION मा गयर click गर्नु होला सिधै हाम्रो योउतुबे चान्नेल जाने छ र रमाइलो video हरु पनि हेर्न सक्नु हुन्छ ...........
MY WEBSITE
यस् पहिलो डिजिटल मा कही कुरा सिकन र जान्न चाहनु हुन्छ भने हामी संग सम्पर्क गर्नु होला MY CONTACT FOR INFORMATION लागि # FACEBOOK = SANDEEP SADASHANKAR # GMAIL = SAGARBC6060@GMAIL.COM # LIKE PAGE =NEPALSOFT #GOOGLE+ =SANDEEP SUNAR 15 #TWETTIR = SANDEEP SUNAR 15 #YOUTUBE = PAHILO DIGITAL PHOTOSTUDIO
Tuesday, May 2, 2017
एउटा_मन_छुने_प्रेम_कथा

Wednesday, April 5, 2017
नेपाल प्रहरी स्कुल भित्रै विद्यार्थीको रहस्यमय हत्या !!



Saturday, April 1, 2017
श्रीमान र श्रीमति बिच झगडा भएछ ‼

Friday, March 31, 2017
यो समाज》》》》》
हार्दिक बधाई
Wednesday, March 29, 2017
एकचोटि अबस्य पढ्नुहोला कथा धेरै राम्रो छ, हृदयस्पर्शी कथा:: कथा पढौ
Sunday, March 26, 2017
एक फुल तिमीलाई
घाईते मुटु"
Monday, March 20, 2017
#Rip #हार्दिक #श्रद्धान्जली
दैव त पनी कति निर्दयी छस हैन यो तस्विर देख्दा र घटना सुन्द पिडा नहुने मन कसको होला आशु नझर्ने आखा कसको हो आज दिउँसो भयको धनकुटाबस दुर्घटनामा परेर यि दुइ बर्षिय बालिकार यिन कि आमा सहित सात जनाको घटना स्थलमा मृत्यु भयको छ सम्पूर्ण मृतक आत्मा को चिरसान्ति सहित हार्दिक श्रर्दान्जलि घाइते हरु को शिघ्र स्वास्थ्य लाभको कामना परिवार प्रति हार्दिक समबेदना!!
Tuesday, March 14, 2017
संदेश कहिले पुरानो हुदैन !
प्रिय मित्रहरु ! यो बच्चा जिउदो बच्चा होइन, मोबाइल चार्जरको पिन मुखमा खेलाउदा करेन्ट लागेर मृत्यु भएको बच्चा हो। तपाईंको घरमा पनि बाल बच्चाहरु वरिपरि प्लगमा चार्जरहरु switch on गरेर नछाड्नु होला, यस्तो घटना नदोहोरिला भन्न सकिदैन। तपाईंको सानो बेहोसिले आफ्नो बाल बच्चाको ज्यान पनि जान सक्छ।
भारतिय एस.एस.बि द्वारा गोलि हानेर हत्या
यिनै महापुरुष हुन नेपाल र भारत सिमा को बारेमा सत्य कुरा बोल्दा भारतिय एस.एस.बि द्वारा गोलि हानेर
देशमा एक पछी अर्को घटनाहरू
तिम्रै यादमा बाचेको छु तिमीलाई सम्झिएर
MY YOUTUBE CHANNEL
तिम्रै लागी ल्याउदै थिए हेर सुनको वाला
https://www.facebook.com/sandeep.sauna15
Friday, March 3, 2017
Tuesday, February 7, 2017
हरपल जप्ने कुनै सुन्दर नाम हुनुपर्छ साथी!
अमुल्य मायाँ उचित दाम हुनुपर्छ साथी!!
प्यासि नजर भोको मन अघाउने सहजै,
तृप्ति प्याला मिठासि माम हुनुपर्छ साथी!
घातिला चोट सँग नबर्साई दिनु अश्रुधार,
बगलिमा फोटो मुखमा राम हुनुपर्छ सासाथी !!
सुन्नु हूँदैन कुराहरु पराई हुन्छन शत्रुवैरि,
तिम्रो अँध्यारो घैंटोमा घाम हुनुपर्छ साथी!
मायाँ त मायाँहो हेर खेलाँचिमा नराख्नु ,
मुटुभित्र प्रेमको पवित्र डाम हुनुपर्छ साथी!!

Saturday, February 4, 2017
आत्मा रूवाउनु हुन्न
आत्मा रूवाउनु हुन्न
ईज्जत एक तातो कोईला
हात्मा छुवाउनु हुन्न
तिम्ले खोज्यौ यौन भोक
पाउन सकेनौ
स्वार्थ छोडी बिना स्वार्थ
आउन सकेनौ
लुकी लुकी मेरो त संसार
भाँडन खोजे छौ
मेरो ईज्जत बजार बिचमा
माँडन खोजे छौ
थाछ मलाई तिम्रो सोचाई
घिन लाग्दो छ
यौन सोचले जिवन भरमा
रिन लाग्दो छ
नाटक गर्दै मलाई आफ्नो
नभन है तिमी
तिम्रा आफन्त बिच मलाई
नगन है तिमी
मेरो ईज्जत बजार बिचमा
किन हाल्दै छौ
आफ्नो यौन प्यास खोज्न
दिन फाल्दै छौ
मैले आफ्नो यो जिवनलाई
फाली दिन्छु कतै
चाहना त मेरा खाडल भित्र
हाली दिन्छु कतै
नाटक तिम्रो मलाई पाउने
नगर है बिन्ती
झुठो नामको कथा बनाई
नभर है बिन्ती .....
Wednesday, February 1, 2017
Good morning
केटा :- के तिमीलाई म राम्रो लाग्छु ?
केटी :-अँह लाग्दैनौं ।
केटा :- के तिमी मेरो साथमा रहन चाहन्छौ ?
केटी :- अँह चाहदीन ।
केटा :- यदी म मरे भने के तिमी रुन्छौ ?
केटी :- अँह रुन्न ।
यो सुनेर केटालाई धेरै दु:ख लाग्यो ।
उस्को आँखाभरि आँसु आयो ।
केटीले उस्लाई आफ्नो नजिक तानी
र भनी :
- पागल तिमी राम्रो होईन
मायालु छौ। म तिम्रो साथमा रहन
हैन,जीवन भर जिउन चाहन्छु ।
तिमी मर्यौ भने म रुदिन।
किनकी तिमी बिना त म
पनि मरि जान्छु......... ..।
Monday, January 16, 2017
भारतकै भूमिमा भारतीयलाई पछार्दै नेपाली चेली
बिग बोसमा नेपालकी छोरि तेरिया मगरले लगाइन आगो || Teriya Magar In Salman Khan's Big Boss
जसबाट बिग बोसका प्रतिस्पर्धीहरु मात्रै हैन, होष्ट चर्चित बलिउड नायक सलमान खान समेत चकित परे । तेरियाले नवजोतको साथमा प्रस्तुत गरेको नृत्यमा
प्रतिस्पधीदोय गौरभ र बानीको दोस्ती र प्रेमको कथा प्रस्तुत थियो । बलिउड मिक्स गीतहरुमा तेरियाले यस्तो रोचक प्रस्तुती दिईन् ।
भोट गर्ने तरिका: 👉यदि इन्डियामा हुनुहुन्छ भने SMS बाट TER type गरि 56882 पठाउनुहोला वा संसारको कुनैपनि ठाँउबाट अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ ।
Sunday, January 15, 2017
Voting for Teriya magar
भारतिय टेलिभिजन colors बात प्रशारण हुने कार्यक्रम मा नेपाली कि छोरी TERIYA MAGAR फाइनल मा पुग्न सफल भएकि छिन अब उनको जित तपाई हाम्रो भोट ले नै निर्धारण गर्ने हुदा
अत्यधिक मतले बिजयी गराउन हुन सबैमा हार्दिक अनुरोध गर्दछौ
(भोट गर्ने तरिका)
आफनो mobil को massenger box मा गइ
TER लेखिनु होला अनि 56882 sand गर्न सक्नुहुनेछ र
ईन्टरनेट बाट www.colorstv.com/jhalak मा गइ logon गरि भोट गर्न सक्नुहुनेछ note भोतिङ्ग लाईन 14 जुन 10 pm -19 jun 9 pm सम्मा खुल्ला रहने छ
हाम्रो नेपाली को सन हो कहि बर्षको झै यस् बर्ष पनि हामी तेरिय लाई जितौने छौ TERIYA बहिनी लाई
धन्यवाद .....
Saturday, January 14, 2017
Friday, January 13, 2017
आर्थिक सहयोग अपेक्षा
दिन कै १५ हजार बेड चार्ज मात्र लाग्ने भएको हुँदा ।
पैसा नभएको कारण हस्पिटलमा निकालिदिने अबस्था भएको छ ।उनकी आमा भन्छिन भएको १०,१५ हजार पैसा सकियो ।
न कतै आउने बाटो छ न केही बेच्ने सामन नै मेरो बच्चा बचाइदिनुस ।
तपाईंहरुको २,४ सय यो बच्चाको लागि जीवनदान हुन्छ।
सहयोगको लागि सम्पर्क
इच्छाराम - ९८६०८६०२५५
बच्चाको आमाको सम्पर्क न.- ९८६१८६२९८९
( सिर्जना गजुरेल) यस् परिवर्तनको लगि युवा शक्ति मा पनि हुनुहुन्छ मनको धनि हमिलाई थाहा छ हाम्रो सनो शयोगले यो बच्चा को जिबन लाई उधर गर्न सक्छौ सहयोग धेरै थोरै भएपनि plz help गर्नु होला मन्छे को मनै त हो हामी लाईपनि यो दिन नआउला भन्न सकिदै यस् facebook लगायत भिबिन शोसल media लगायत अने धेरै page /group बाट धेरैको जिबन डान पाउनुभको छर यसरी हामी अहिले जिबन र मुटुसङ तडपी रहेको ना बालक लाई पनि बचाउ सहयोगी हाटहरुको अपेक्षा गरेका छौ
धन्वाद,,,,,,,,,,,,,,,,,,,
Wednesday, January 11, 2017
लुकियको छ मन
बाचुँ म कसोरी
कालकै फन्दा गलामै ली
नाचुँ म कसोरी
मायाँ त मेरो जालैमा छ
हाँस्न म सक्दिन
टुटेका तिम्रा सपना सबै
गाँस्न म सक्दिन
थाहा छ मलाई रोएकी छौ
मैले गर्न नी सकिन
साँचेर तिम्लाई मुटुमा किन
मैले मर्न नी सकिन
आज हेरेँ सन्देस ति तिम्रा
रोएँ म बेस्सरी
सम्झेर तिम्लाई छाती यो
छोएँ म बेस्सरी
रगत मेरो के भयो कुन्नी
भन्न नै सक्दिन
पिडा छ कती मुटुमा मेरो
गन्न म सक्दिन
माफी देउ छोरू बिमारी म
भएछु किन है
तिमीलाई छोडी एकान्तमा
गएछु किन है .......…???????
प्रस्तावना
आज विश्वकै सबैभन्दा कम प्रतिव्यक्ति आय भएको मुलुकको रुपमा चिनिने हाम्रो देश “नेपाल” परम्परागत कृषि प्रणालीमा आश्रित भएको अविकसित र पछौटे समाजमा विद्यमान गरिबि, रोग, अशिक्षा, अन्धविश्वास, सामाजिक विभेद, छुवाछुत, बाताबरण प्रदुषण, अस्थिरता जस्ता दर्जनौ समस्याहरुका अलावा बेरोजगारी दिन-दुगुना रात चौगुना बढ्दै गईरहेको छ । साथै समाजमा विद्यमान आर्थिक तथा समाजिक विकासका पूर्वाधारका अपर्याप्तताको कारण सामुदायको जनजिवन बदलिन नसकिरहेको वर्तमान परिप्रेक्ष्यमा आर्थिक तथा समाजिक विकासका साथै वातावरणीय विकासका लागी युवाहरुले नयाँ सोचका साथ कट्टिबद्ध भई, सामाजिक जागरुकता ल्याई, नयाँ परिवर्तन साकार पार्नु छ । तसर्थ हाम्रो समाजमा विद्यमान ती सबै प्रकारका विकृती, विसंगती, अन्तरविरोधहरुको उचित ब्यवस्थापनको निमित्त सामाजिक, आर्थिक बिकासको साथै बिद्यमान परम्परागत ज्ञान र सिपलाई आधुनिकिकरण गरि विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, कृषि, वन, वातावरण,पर्यटन, भौतिक पूर्वाधार, समानता, सुचना र रोजगारी, मनोरञ्जन, खेलकुद जस्ता महत्वपूर्ण सवालहरुमा ध्यान केन्द्रित गर्दै सामाजिक, राजनैतिक, आर्थिक एवं साँस्कृतिक रुपले पिछडिएका वर्ग समुदाय, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त व्यक्तिका संरक्षणका लागि र विशेष गरेर युवावर्गको समग्र विकासको लागि अत्तिरिक्त कला र विभिन्न सिप सहित सामाजिक सचेतना अभिवृद्धिका कार्यक्रम ग्रामिण स्तरसम्म पुर्याई स्वरोजगार सृजना गरि आर्थिक रुपले सम्पन्न समाजको निर्माणमा सघाउ पुर्याउन सकियोस् भन्ने स्वच्छ अभिप्रायले समाजमा देखिएका शोषण, उत्पिडन, अन्याय विरुद्ध सामाजिक सदभाव कायम गर्दै, नयाँ राष्ट निर्माण प्रक्रियालाई सहयोग गर्न र विभिन्न धर्म, वर्ग, जातजाति, भाषा-भाषी, सम्प्रदायको बिच सामाजिक राष्टिय एकता पैदा गर्दै, लोकतन्त्र सुशासन एवं सामाजिक न्यायप्रति प्रतिबद्ध रहि, विश्व बन्धुत्वको भावना सृजना गर्ने महान उद्देश्यका साथ स्थानिय बुद्धिजिवि, यूवा, महिला, ब्यवसायी तथा नागरिक समाज समेतको सहमति छलफलबाट एक सामाजिक संस्था गठन गर्ने निर्णय गरे अनुरुप “क्रियटिभ युथ क्लब” को विधान, सस्था दर्ता ऐन २०३४ को अधिनमा रहि तर्जुमा गरिएको छ।
"समाज सेवा"
मधुकर एक ईमान्दार कर्मचारी, नेपाल सरकार निजामती सेबाको सुब्बा साब । कृषि मन्त्रालय मातहत राष्ट्रीय बिउ बिजन मुख्यालयको दरबन्दी । बिहान चार बजे उठेर योग साधना सके पछी मर्नीङ वाक निस्केको मधुकर हातमा नेपाल डेरीको एक पाकेट दुध बोकेर सधै सात बजे घर भित्र छिरी सकेको हुन्छ । श्रीमतीलाई भान्छाको काममा सघाउँदै छोरा छोरीलाई स्कुलको निमीत्त तयार पारे पछी बल्ल खाना खान बस्छ उ । दस बजे अफिस छिरेको मधुकर सरकारी काम र आफु माथी आईपरेको कुनै भबितब्य बाहेक कहिले दिउँसो बिचैमा अफिस छोडेर अन्त लाग्दैन । तर बेलुकी पाँच बजे अफिस छुटे पछी उ सिदै घर तिर नगई कुनै अर्को गन्तब्य तर्फ लम्कीरहेको हुन्छ । घर त उ सधै साँडे सात तिर मात्र छिर्ने गरेको छ । हैन हैन कुनै गलत अर्थ नलाए हुन्छ मधुकरको चरित्रमा । उ परस्त्री गमन अनी जुवा ताँस र रक्सीको लतमा फसेको छैन । तर खै मधुकर सधै अफिस छुटे पछी साँडे सातमा घर छिर्नु पुर्व कता किन हराउँ छ यो कुरा मधुकर र मधुकरको त्यो गन्तब्यलाई मात्र थाहा होला...............................
सबिता एक कुशल गृहिणी हुन । उनको श्रीमान अर्थात मधुकरले उन्को हातमा थमाई दिएको रूखो तलबले महिना भरको बजेट बनाएर घर चलाउन सिपालु छिन । पुर्ख्यौली घरमा बसेकाले घर भाँडाको चिन्ता त छैन नै........... तर पनी सबिताले निकै कठिन संग गृहस्तीको नौकालाई महगीको छाल बिच बाट पार लगाउँदै छिन ।
जे होस प्रष्ट संग भन्नु पर्दा मधुकर र सबिता दुबै मिलेर मजाले आफ्नो घर परिबार संगालेका छन ।
"सबिता कहाँ जान लागेकी ?" रत्नपार्कको बस स्टेन्डमा सबितालाई कसैले बोलाउँ छ । फर्केर हेर्दा सबिताले आफ्नो कलेजको साथी शान्तीलाई देख्छे । "ए मोरी .... छ्या मैले त चिन्नै पो सकीन त तँलाई ..... हैन कस्ती मोटाएकी ?" सबिताले शान्तीको गाला चिमोटेर भन्न थाल्छे । " टिचिङ हस्पीटलमा फुपु सासुलाई राखेको छ त्यतै जान लागेकी नी " सबिता आफ्नो गन्तब्य शान्तीलाई बताउन थाल्छे । "ए होर....... ल बस पछाडी म पनी उतै तिर जान लागेकी तँलाई टिचिङमा ड्रप गरिदिन्छु "। सबिता केही नबोली शान्तीको स्कुटीमा बस्छे । " सबिता तँ संग केही कुरा गर्नु थियो यसो आईजन कुनै दिन मेरो अफिस तिर " शान्तीले स्कुटी हुँईक्याउँदै सबितालाई आफ्नो अफिसको नाम ठेगाना बताउन थाल्छीन " बुडानीलकण्ठ नपुग्दै अली वर हाँस्ने मुहार भन्ने नामको NGO चलाउँदै छु म " शान्तीको निम्तोलाई सहर्ष स्वीकार गर्दै सबिताले पर्सी फुपु सासुलाई डिस्चार्ज गर्ने दिन छिरौँला तेरो अफिस भन्दै "रोक रोक यार टिचिङ आयो " भनेर शान्तीलाई झक्झकाउँ छिन । सबिता स्कुटी बाट झरे पछी " santimamu मेरो फेसबुक आईडी हो रिक्वेस्ट पठा ल ....." शान्तीले एकै सासमा आफ्नो आईडी बताउँछे । दुबै संगीहरू बाईको ईसारा गर्दै लाग्छन आफ्नो बाटो ..........
"किन होला आज मधुकर सबा आठ बजे सम्म घर छिरेको छैन " सबिता मनमा कुरा खेलाउँदै शान्तीको फेसबुक आईडीमा फ्रेन्ड रिक्वेस्ट पठाउन थाल्छीन । "ओहो प्रत्येक फोटाहरूमा लाईक र कमेन्टको बर्षा रहेछ!!!!!" सबिता एक्लै फतफताउँदै शान्तीको फेसबुके स्टाटस र तस्बिरहरू एक एक केलाउन थाल्छीन । "समाज सेबा" सम्बद्ध उन्का स्टाटस र फोटाहरूले उनी एक माहान समाज सेवी हुन भन्ने कुराको भरपुर बिज्ञापन गरिरहेका छन । केही समय पछी मधुकरको खोकाई सुनेर सबिता " किन आज यती ढिलो ?" भन्दै मधुकरलाई सोध्न थाल्छीन । थकीत मधुकर केही नबोली खाना खाएर पल्टन्छ ।
"ओ.... हाउ नाईस यार ...." सबितालाई आफ्नो अफिस भित्र देखेर शान्ती खुसीले कराउन थाल्छे । "निकै ठुली समाज सेवीका भै छस यार तँ त" कुर्सी तानेर बस्दै सबिताले भन्न थाल्छे । " दाम त दामी कमाईया छ होलानी ?" सोध्न थाल्छे सबिता शान्तीलाई आम्दानी खर्चको बिवरण । कुरै कुरोमा शान्तीले कोटेश्वर र भैँसेपाटीमा जोडेको घर घडेरी अनी आफ्नो बिलासी जीवनको फेरीहस्त सुनाउन थाल्छे । "ए सुन्न .... साँची तैँले मलाई एउटा कुरा भन्छु भन्थीस नी के हो त्यो कुरा ?" सबिताले अस्ती स्कुटीमा शान्तीले गरेको कुरा सम्झाउ थाल्छे । " ए..... हो त यार.... साँची तेरो र तेरो बुडोको सम्बन्ध कस्तो छ ? " शान्तीको कुरा सुनेर सबिता छक्क पर्छे । " किन र ? हामी बिच त्यस्तो सम्बन्ध बिग्रनु पर्ने के नै कारण छ र ? " सबिता उल्टै शान्तीलाई प्रश्न तेर्स्याउन थाल्छे । " कोटेश्वर चोक बाट अली भित्र एउटी लाउरेनीको घरमा तेरो बुडो सधै बेलुका छिरेको देख्छु नी ?" शान्तीको कुरा सुनेर सबितालाई उकुस मुकुस हुन थाल्छ । " दुई छोरी छन त्यो लाउरेनीको प्लस टुमा पड्दै गरेका " अब त सबितालाई भाउन्न भएर आउँछ । जुरूक्क उठेर केही नबोली सबिता शान्तीको अफिस बाट बाहिरिन्छीन ।
"सधै सधै तपाई अफिस बाट सिदै घर नआई कता जानु हुन्छ ?" सुतीरहेको मधुकरलाई धच्धचाउन थाल्छीन सबिता । मधुकर केही बोल्दैन मात्र सुनीरहन्छ सबिताका संकालु प्रश्नहरू । मधुकरले कुनै जबाफी प्रतिकार नगरे पछी बोल्दा बोल्दै थाकेकी सबिता मधुकरलाई एकोहोरो हेर्दै आँखा भरी आँसु पार्न थाल्छीन ।
मोबाईलमा फेसबुक खोलेर शान्तीलाई SMS पठाउन थाल्छीन " शान्ती हो रहे छ मधुकर अर्की आईमाई तिर सल्केको अब म के गर्ने ?" अनलाईन मै रहेकी शान्तीले तु सबितालाई जबाफ दिन्छे " नडरा यार म छदै छु नी तेरो पछाडी सम्पुर्ण महीला बादी NGO को साथ छ "
शान्तीले सबितालाई सम्झाउन थाल्छे " त्यस्ता आईमाई चाख्ने लोग्नेलाई त डेबोस हान्दे हुन्छ "
शान्तीको SMS बाट ढुक्क हुँदै सबिताले त्यो लाउरेनीको घर देखाई दिन शान्तीलाई अनुरोध गर्छे । उता बाट शान्तीले भोली दिउँसोको समय पक्का गर्छे ।
एघार बजे स्कुटीमा सबितालाई राखेर शान्तीले कोटेश्वर लाउरेनीको घर पुराउँ छे । आलीशान बंगला भब्य सजावट । बैठकमा तिन आईमाई सबिता , शान्ती र लाउरेनी । " म मधुकरको श्रीमती सबिता र उ मेरी साथी शान्ती " सबिताको परिचयमा लाउरेनी जुरूक्क उठेर नमस्कार गर्दै " ओहो मेरो अहो भाग्य ! आज हजुरको दर्शन पाएँ " लाउरेनीको ब्यबहारले सबिता र शान्ती अचम्म पर्छन । " कस्तो देबता जस्तो श्रीमान पाउनु भएछ हजुरले " लाउरेनीको यि कुरा बिचैमा काटेर सबिताले " मेरो श्रीमान सधै यहाँ किन आउनु हुन्छ ?" भन्दै प्रश्न गर्न थाल्छीन । " मेरा दुई छोरीहरूलाई पढाउनु हुन्छ मधुकर भाईले " लाउरेनीको भाई शब्दले सबिता वाल्ल पर्छीन । " मेरो छोरीहरूलाई पढाएर पाउने रकमले मधुकर भाईले तिन टुहुरा बच्चको स्कुल फि तिरि दिने गर्नु भएको छ ..........." लाउरेनीको कुरा नसकीदै सबिता जुरूक्क उठेर शान्तीलाई पनी नहेरी आफ्नै घर तर्फ लागीन । आज पनी सबिताको आँखाहरू आँसुले भरिएका छन । तर हिजोका ति आँसु र आजका यी आँसुमा निकै फरक छ ।
घर भित्र छिरे पछी सबिताले पहिलो काम शान्तीको "समाज सेवा" नामक बिज्ञापन रूपी स्टाटस र लाईक पाउन बिछ्याईएका तस्बिर अनी "समाज सेवा" गर्ने नाममा खोलीएको ब्यापारीक संस्था हाँस्ने मुहार र उन्को आईडी santimamu लाई डिलीट गरी दिईन । दोस्रो काम मधुकरले थाहा नपाउने गरी उस्को गोडा छुँदै आफ्नो सिउँदोमा हात राखीन र तेस्रो काम आफुले बचाएर राखेको पैसा गन्दै मधुकरले पढाई रहेको तिन टुहुरा बच्चाहरूलाई स्कुल ब्याग किनीदिने बजेट पारित गरिन....................
धन्य छ मधुकरहरूको सोचलाई............
लाटो मायाँ"
मलिनो र रून्चे स्वरमा उन्को बोली सुन्न पुग्छु । बोल्दा बोल्दै खोक्न थाल्छीन । उन्को बोलीको हर शब्दहरूको ओजन भारी भएझै लाग्न थाल्छ । " के भो तिमीलाई ? यो बाहेक मैले उन्लाई केही भन्नै सकिन । "हे केही भाको छैन के । हजुर आफ्नो सोच्नु । मेरो टेन्सन लिनु पर्दैन " उन्को यो बोलीले मेरो पैँताला मुनीको जमिन भासिन थाल्छ । भुँईचालोको अनुभुती दिन्छ उन्को कथनले .........
हो म उन्ले भने जस्तै आफ्नै बारे सोच्न थाल्छु । तर मेरो आफ्नो भन्ने अर्थहरू भित्र उन्लाई नै त पाउँछु मैले । को मान्छे होला र जिवनमा टेन्सन लिन खोज्ने ? यहाँ त टेन्सन लिने होईन हुने रहेछ । मेरो आफ्नो सोच र मेरो आफ्नो अर्थको गन्तब्य उन्कै सामु आएर प्रस्तुत भएको पाउँछु म । म मायाँ गर्छु उन्लाई । मेरो मायाँ भित्र के छ र के छैन त्यो त सायद उन्ले नै अनुभब गरेकी होलीन । मलाई र मेरो मायाँलाई अरू केही कुराको मतलब छैन । मात्र उन्को मुस्कान । त्यसैले त उन्को मलिनो आवाजले पनी मलाई टेन्सन हुनु स्वभाबिक हो । उन्को दुखाईमा मेरो मुटु दुख्छ । उन्को रूवाईमा मेरा आँखाहरू आँसु झार्न बिबस हुन्छन । अनी उन्ले मलाई टेन्सन नलिनु भनेर हुन्छ र ? के कसैले जाना जान आफु माथी टेन्सनको बोझ हाल्न खोज्छ र ? यो मेरो टेन्सन त अन्जान तबर बाट म भित्र छिरेको छ । कसैले रोक्न र टोक्न सक्दैन मलाई उन्को बारेमा टेन्सन नलीन भनेर..............
"और ईसी दिलमे क्या रख्खा हे ? तेरा हि नाम छुपा रख्खा हे । चिर के देखे दिल मेरा तु । तेरा हि दर्द छुपा रख्खा हे । " हो तिम्रो नाम र तिम्रो याद बाहेक मेरो मनमा अरू के नै अटन सक्छ र ? तिमी जे भन तिमी जे सोच मलाई तिम्रो टेन्सन हुन्छ हुन्छ । किन कि तिमी मेरो प्राण हौ । मैले तिम्रो टेन्सन नलिए कस्ले लिन्छ ? किन कि तिमी मेरो ज्यान हौ ।
मलाई अरू केही थाहा छैन । म तिमीलाई सच्चा मायाँ गर्छु । त्यो पनी लाटो मायाँ । मेरो मायाँले केबल तिमी मात्र देख्छ , तिमी मात्र लेख्छ र तिमी मात्र बोल्छ अनी तिमीलाई मात्र आफ्नो मन खोल्छ । के गर्नु मेरो मायाँ यस्तै छ । लाटो मायाँ.....