खेलहरू खेल साथी तर
आत्मा रूवाउनु हुन्न
ईज्जत एक तातो कोईला
हात्मा छुवाउनु हुन्न
तिम्ले खोज्यौ यौन भोक
पाउन सकेनौ
स्वार्थ छोडी बिना स्वार्थ
आउन सकेनौ
लुकी लुकी मेरो त संसार
भाँडन खोजे छौ
मेरो ईज्जत बजार बिचमा
माँडन खोजे छौ
थाछ मलाई तिम्रो सोचाई
घिन लाग्दो छ
यौन सोचले जिवन भरमा
रिन लाग्दो छ
नाटक गर्दै मलाई आफ्नो
नभन है तिमी
तिम्रा आफन्त बिच मलाई
नगन है तिमी
मेरो ईज्जत बजार बिचमा
किन हाल्दै छौ
आफ्नो यौन प्यास खोज्न
दिन फाल्दै छौ
मैले आफ्नो यो जिवनलाई
फाली दिन्छु कतै
चाहना त मेरा खाडल भित्र
हाली दिन्छु कतै
नाटक तिम्रो मलाई पाउने
नगर है बिन्ती
झुठो नामको कथा बनाई
नभर है बिन्ती .....
NIC
ReplyDelete