Sunday, March 26, 2017
Home »
love story
» घाईते मुटु"
घाईते मुटु"
"घाईते मुटु"
मेरो बोली मेरो काम र मेेरो सबथोक तिम्रै लागी हो केबल तिम्रै लागी । दिन्छु म हर थोक तर तिमीलाई दुख दिन यो मनले मान्दै मान्दैन । म बोल्छु । मेरो बोलाईमा हर शब्दहरू छानेको हुन्छु मैले । किन की मैले बोलेको कुनै पनी शब्दले तिम्रो मन नघोचोस झै लाग्छ । म जे गर्छु तिमीलाई नै सम्झेर गर्छु । त्यसैले मेरो काम यती गहिराईको हुन्छ कि म तिमीलाई मेरो कामको टेन्सन बताउनै चाहन्न । लाग्छ मलाई तिमी त्यो गहिराईमा हराउने छौ । त्यो गहिराईको अन्धकारको डरले कराउने छौ । र त्यो गहिराईको पिरलोले डराउने छौ । जब म काम सफलताका साथ सक्छु तब तिमीलाई बताउन चाहन्छु । यसो गर्दा मेेरो कुनै पनी कामको बोझले तिमीलाई थिच्न पाउँदैन ।
म तिम्रो मायाँमा यती पागल छु कि मेरो पागल पन भित्र तिमी नै देख्छु । म धेरै बोल्छु । तर मेरा हर बोली भित्र मैले तिम्रै खुसी खोजेको हुन्छु । तिम्रो नाम लिएर चिच्याउन मन लाग्छ । मात्र तिम्रै नाम कराउन मन लाग्छ । हो आज म तिम्रै लागी बाँचेको छु । यो सत्य हो तिमी बिनाको मेेरो कुनै अस्तित्व नै छैन । तिमी मुनाको रूपमा छौ र त म मदन झै हुन चाहन्छु । तिमी मालतीको बिरह बोक्छौ त म मङ्गले बनेको छु । तिमी पबित्रा हौ र त म पबित्र बनेको छु ।
तिमी मलाई अधाद मायाँ गर्छौ । यो कुरा मलाई थाहा छ । म बिना तिमी आफुलाई शुन्य देख्छौ । यो पनी मलाई थाहा छ । हामी एक मुटुका दुई ज्यान हौ ।
तर किन कुनै कुनै बेला समयको आँधीले हाम्रो मन बिचलीत बनाई दिन्छ ? किन हामी झगडा गर्छौ र फेेरी मिल्छौ ? कुरा गर्दा गर्दै झगडा गर्छौ र फेरी रूँदै रूँदै I love you र I love you to को आदान प्रदान गर्छौ । के यो नै सच्चा मायाँ हैन र ? न तिमीले मेरो बारे नराम्रो सोचेकी हुन्छौ न त मैले नै तिम्रो बारेमा नराम्रो सोच्न सक्छु । तर पनी किन कहिले कहीँ हाम्रो साझा मुटु घाईते हुन्छ ?
0 comments:
Post a Comment