WELCOM t0 MY WEBSITE

स्वागत

Wednesday, January 11, 2017

"समाज सेवा"

"समाज सेवा"
मधुकर एक ईमान्दार कर्मचारी, नेपाल सरकार निजामती सेबाको सुब्बा साब । कृषि मन्त्रालय मातहत राष्ट्रीय बिउ बिजन मुख्यालयको दरबन्दी । बिहान चार बजे उठेर योग साधना सके पछी मर्नीङ वाक निस्केको मधुकर हातमा नेपाल डेरीको एक पाकेट दुध बोकेर सधै सात बजे घर भित्र छिरी सकेको हुन्छ । श्रीमतीलाई भान्छाको काममा सघाउँदै छोरा छोरीलाई स्कुलको निमीत्त तयार पारे पछी बल्ल खाना खान बस्छ उ । दस बजे अफिस छिरेको मधुकर सरकारी काम र आफु माथी आईपरेको कुनै भबितब्य बाहेक कहिले दिउँसो बिचैमा अफिस छोडेर अन्त लाग्दैन । तर बेलुकी पाँच बजे अफिस छुटे पछी उ सिदै घर तिर नगई कुनै अर्को गन्तब्य तर्फ लम्कीरहेको हुन्छ । घर त उ सधै साँडे सात तिर मात्र छिर्ने गरेको छ । हैन हैन कुनै गलत अर्थ नलाए हुन्छ मधुकरको चरित्रमा । उ परस्त्री गमन अनी जुवा ताँस र रक्सीको लतमा फसेको छैन । तर खै मधुकर सधै अफिस छुटे पछी साँडे सातमा घर छिर्नु पुर्व कता किन हराउँ छ यो कुरा मधुकर र मधुकरको त्यो गन्तब्यलाई मात्र थाहा होला...............................
सबिता एक कुशल गृहिणी हुन । उनको श्रीमान अर्थात मधुकरले उन्को हातमा थमाई दिएको रूखो तलबले महिना भरको बजेट बनाएर घर चलाउन सिपालु छिन । पुर्ख्यौली घरमा बसेकाले घर भाँडाको चिन्ता त छैन नै........... तर पनी सबिताले निकै कठिन संग गृहस्तीको नौकालाई महगीको छाल बिच बाट पार लगाउँदै छिन ।
जे होस प्रष्ट संग भन्नु पर्दा मधुकर र सबिता दुबै मिलेर मजाले आफ्नो घर परिबार संगालेका छन ।
"सबिता कहाँ जान लागेकी ?" रत्नपार्कको बस स्टेन्डमा सबितालाई कसैले बोलाउँ छ । फर्केर हेर्दा सबिताले आफ्नो कलेजको साथी शान्तीलाई देख्छे । "ए मोरी .... छ्या मैले त चिन्नै पो सकीन त तँलाई ..... हैन कस्ती मोटाएकी ?" सबिताले शान्तीको गाला चिमोटेर भन्न थाल्छे । " टिचिङ हस्पीटलमा फुपु सासुलाई राखेको छ त्यतै जान लागेकी नी " सबिता आफ्नो गन्तब्य शान्तीलाई बताउन थाल्छे । "ए होर....... ल बस पछाडी म पनी उतै तिर जान लागेकी तँलाई टिचिङमा ड्रप गरिदिन्छु "। सबिता केही नबोली शान्तीको स्कुटीमा बस्छे । " सबिता तँ संग केही कुरा गर्नु थियो यसो आईजन कुनै दिन मेरो अफिस तिर " शान्तीले स्कुटी हुँईक्याउँदै सबितालाई आफ्नो अफिसको नाम ठेगाना बताउन थाल्छीन " बुडानीलकण्ठ नपुग्दै अली वर हाँस्ने मुहार भन्ने नामको NGO चलाउँदै छु म " शान्तीको निम्तोलाई सहर्ष स्वीकार गर्दै सबिताले पर्सी फुपु सासुलाई डिस्चार्ज गर्ने दिन छिरौँला तेरो अफिस भन्दै "रोक रोक यार टिचिङ आयो " भनेर शान्तीलाई झक्झकाउँ छिन । सबिता स्कुटी बाट झरे पछी " santimamu मेरो फेसबुक आईडी हो रिक्वेस्ट पठा ल ....." शान्तीले एकै सासमा आफ्नो आईडी बताउँछे । दुबै संगीहरू बाईको ईसारा गर्दै लाग्छन आफ्नो बाटो ..........
"किन होला आज मधुकर सबा आठ बजे सम्म घर छिरेको छैन " सबिता मनमा कुरा खेलाउँदै शान्तीको फेसबुक आईडीमा फ्रेन्ड रिक्वेस्ट पठाउन थाल्छीन । "ओहो प्रत्येक फोटाहरूमा लाईक र कमेन्टको बर्षा रहेछ!!!!!" सबिता एक्लै फतफताउँदै शान्तीको फेसबुके स्टाटस र तस्बिरहरू एक एक केलाउन थाल्छीन । "समाज सेबा" सम्बद्ध उन्का स्टाटस र फोटाहरूले उनी एक माहान समाज सेवी हुन भन्ने कुराको भरपुर बिज्ञापन गरिरहेका छन । केही समय पछी मधुकरको खोकाई सुनेर सबिता " किन आज यती ढिलो ?" भन्दै मधुकरलाई सोध्न थाल्छीन । थकीत मधुकर केही नबोली खाना खाएर पल्टन्छ ।
"ओ.... हाउ नाईस यार ...." सबितालाई आफ्नो अफिस भित्र देखेर शान्ती खुसीले कराउन थाल्छे । "निकै ठुली समाज सेवीका भै छस यार तँ त" कुर्सी तानेर बस्दै सबिताले भन्न थाल्छे । " दाम त दामी कमाईया छ होलानी ?" सोध्न थाल्छे सबिता शान्तीलाई आम्दानी खर्चको बिवरण । कुरै कुरोमा शान्तीले कोटेश्वर र भैँसेपाटीमा जोडेको घर घडेरी अनी आफ्नो बिलासी जीवनको फेरीहस्त सुनाउन थाल्छे । "ए सुन्न .... साँची तैँले मलाई एउटा कुरा भन्छु भन्थीस नी के हो त्यो कुरा ?" सबिताले अस्ती स्कुटीमा शान्तीले गरेको कुरा सम्झाउ थाल्छे । " ए..... हो त यार.... साँची तेरो र तेरो बुडोको सम्बन्ध कस्तो छ ? " शान्तीको कुरा सुनेर सबिता छक्क पर्छे । " किन र ? हामी बिच त्यस्तो सम्बन्ध बिग्रनु पर्ने के नै कारण छ र ? " सबिता उल्टै शान्तीलाई प्रश्न तेर्स्याउन थाल्छे । " कोटेश्वर चोक बाट अली भित्र एउटी लाउरेनीको घरमा तेरो बुडो सधै बेलुका छिरेको देख्छु नी ?" शान्तीको कुरा सुनेर सबितालाई उकुस मुकुस हुन थाल्छ । " दुई छोरी छन त्यो लाउरेनीको प्लस टुमा पड्दै गरेका " अब त सबितालाई भाउन्न भएर आउँछ । जुरूक्क उठेर केही नबोली सबिता शान्तीको अफिस बाट बाहिरिन्छीन ।
"सधै सधै तपाई अफिस बाट सिदै घर नआई कता जानु हुन्छ ?" सुतीरहेको मधुकरलाई धच्धचाउन थाल्छीन सबिता । मधुकर केही बोल्दैन मात्र सुनीरहन्छ सबिताका संकालु प्रश्नहरू । मधुकरले कुनै जबाफी प्रतिकार नगरे पछी बोल्दा बोल्दै थाकेकी सबिता मधुकरलाई एकोहोरो हेर्दै आँखा भरी आँसु पार्न थाल्छीन ।
मोबाईलमा फेसबुक खोलेर शान्तीलाई SMS पठाउन थाल्छीन " शान्ती हो रहे छ मधुकर अर्की आईमाई तिर सल्केको अब म के गर्ने ?" अनलाईन मै रहेकी शान्तीले तु सबितालाई जबाफ दिन्छे " नडरा यार म छदै छु नी तेरो पछाडी सम्पुर्ण महीला बादी NGO को साथ छ "
शान्तीले सबितालाई सम्झाउन थाल्छे " त्यस्ता आईमाई चाख्ने लोग्नेलाई त डेबोस हान्दे हुन्छ "
शान्तीको SMS बाट ढुक्क हुँदै सबिताले त्यो लाउरेनीको घर देखाई दिन शान्तीलाई अनुरोध गर्छे । उता बाट शान्तीले भोली दिउँसोको समय पक्का गर्छे ।
एघार बजे स्कुटीमा सबितालाई राखेर शान्तीले कोटेश्वर लाउरेनीको घर पुराउँ छे । आलीशान बंगला भब्य सजावट । बैठकमा तिन आईमाई सबिता , शान्ती र लाउरेनी । " म मधुकरको श्रीमती सबिता र उ मेरी साथी शान्ती " सबिताको परिचयमा लाउरेनी जुरूक्क उठेर नमस्कार गर्दै " ओहो मेरो अहो भाग्य ! आज हजुरको दर्शन पाएँ " लाउरेनीको ब्यबहारले सबिता र शान्ती अचम्म पर्छन । " कस्तो देबता जस्तो श्रीमान पाउनु भएछ हजुरले " लाउरेनीको यि कुरा बिचैमा काटेर सबिताले " मेरो श्रीमान सधै यहाँ किन आउनु हुन्छ ?" भन्दै प्रश्न गर्न थाल्छीन । " मेरा दुई छोरीहरूलाई पढाउनु हुन्छ मधुकर भाईले " लाउरेनीको भाई शब्दले सबिता वाल्ल पर्छीन । " मेरो छोरीहरूलाई पढाएर पाउने रकमले मधुकर भाईले तिन टुहुरा बच्चको स्कुल फि तिरि दिने गर्नु भएको छ ..........." लाउरेनीको कुरा नसकीदै सबिता जुरूक्क उठेर शान्तीलाई पनी नहेरी आफ्नै घर तर्फ लागीन । आज पनी सबिताको आँखाहरू आँसुले भरिएका छन । तर हिजोका ति आँसु र आजका यी आँसुमा निकै फरक छ ।
घर भित्र छिरे पछी सबिताले पहिलो काम शान्तीको "समाज सेवा" नामक बिज्ञापन रूपी स्टाटस र लाईक पाउन बिछ्याईएका तस्बिर अनी "समाज सेवा" गर्ने नाममा खोलीएको ब्यापारीक संस्था हाँस्ने मुहार र उन्को आईडी santimamu लाई डिलीट गरी दिईन । दोस्रो काम मधुकरले थाहा नपाउने गरी उस्को गोडा छुँदै आफ्नो सिउँदोमा हात राखीन र तेस्रो काम आफुले बचाएर राखेको पैसा गन्दै मधुकरले पढाई रहेको तिन टुहुरा बच्चाहरूलाई स्कुल ब्याग किनीदिने बजेट पारित गरिन....................
धन्य छ मधुकरहरूको सोचलाई............

0 comments:

Post a Comment