WELCOM t0 MY WEBSITE

स्वागत

Friday, March 31, 2017

यो समाज》》》》》

यो समाज , अनि यहाका ठूला जात फूलाइ सोच्नेहरू सुर्खेत चैत १८ । प्रस्ताबित बराहा गाँउपालिका वडा नं ८ जातीय बिभेदका नाममा घरमा भात छोएको निउमा ९ वर्षको एक दलित बच्चा संघातिक कुटपिट भएको छ । बहारा गाँउपलिका वडा नं ८ का बडाडाँडा माध्यमिक विद्यालय कुमिकोटमा कक्षा ३ अधययनरत छात्र भिम बहादर बिकलाई सोही गाँउका भरत शाही उनकी आमा बाटु शाहीले कुटपिट गरी बेहोस बनाएका हुुन । बाटुका एक लाटो छोराले सामान लिन पठाएका भिमबहादुर बिकलाई कुटपिट गरेको हुन । भिमबहादरकी आमा जयसरा बिक गोठालो गएको बेलामा कुटपिट गरी बेहोस बनाएको बताइन । बेलुका घरमा आउदा छोरालाई कुटेर बेहोस अवस्थामा भरत शाहीकै घरमा सुताएको बताएकी छन । अन्दाजी २२÷२५ वर्षको भरत उस्कै आमा बाटु शाहीले साँजको लाठीले हानेर शरिर निलो डाम बसालेको र छोरा बेहोस अवस्थामा रहेको जयसरा बिकले बताएकी हुन । ”उनको छोराले घरको भान्छामा सामान लिन पठाएको बेला भात छोएको निहुमा कुटेर बेहोस बनाएको जयसराले बताइन । घाइते भिमबहादुर लाई क्षेत्रीय अस्पताल कालागाँउबाट उपचार गरी उजुरीका लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको छ ।

0 comments:

Post a Comment