WELCOM t0 MY WEBSITE

स्वागत

Wednesday, April 5, 2017

नेपाल प्रहरी स्कुल भित्रै विद्यार्थीको रहस्यमय हत्या !!

नेपाल प्रहरी स्कुल भित्रै विद्यार्थीको रहस्यमय हत्या 😭😭😭 अाम नेपाली नागरिकको जिउ धन र शान्ति सुरक्षाको जिम्मेवारि लियको नेपाल प्रहरी संगठन द्वारा सन्चालित " नेपाल प्रहरी बिधालय " सामाखुशीमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी कुन्दन थापा मगरको यही मिती २०७३ चैत्र १६ गते बिधालय भित्रै रहस्य मय मृत्‍यु भयको छ ! उक्त घटनालाई बिधालय प्रशासनले आत्मा हत्या भनेर घटनालाई ढाकछोप गर्न खोजिरहेको छ भने फोन कल डिटेल,घट्नास्थल प्रकिती, लासको प्रकिती लगायत अन्य धेरै प्राप्त प्रमाणले सो घट्ना आत्मा हत्या नभई हत्या नै गरेको जस्तो देखिन्छ, र म्रितकका आफन्त, बिभिन्न मगर संघ सस्था, स्थानिय नागरिक, अभिभाबकहरुको भनाइ पनि कुन्दनलाई बिधालय छुट्टीको समयमा स्कुल प्रशासनले फोन गरेर स्कुलमा बोलायर हत्या गरेको हुँदा घट्नाको निस्पक्ष छनबिन गरी हत्यामा सङ्लग्नलाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ भन्दै हिजो चैत्र १७ गतेदेखी बिधालय घेराउ गरी रहेका छन ! घटनाको बिषयमा हिजो valley DIG बोम ब. भण्डारी सगको भेटघाटमा अपराध महासाखाका SP को सङ्योजकमा ५ सदस्यीय छनबिन समिती गठन् गरियको र उक्त समितिले ७ दिन भित्र निस्पक्ष छनबिन गरी सत्य तथ्य पत्ता लगाउने आस्वासन् दिनु भय पनि आफ्नै संगठनसग जोडीयको घट्नाको निस्पक्ष छनबिन हुनेमा बिस्वास गर्न नसकिने हुदा तत्काल जाहेरी दर्ता गरी दोसिलाई पक्राउ गरी अनुसन्धान सुरु गर्न आफन्तले माग गरेका छन ! हत्या वा आत्मा हत्या के हो ? त्यो त अनुसन्धानले बताउला तर जे भयपनी अाम नागरिकको जिउधनको सुरक्षा लिने निकाय द्वारा सन्चालित बिधालय भित्रै बिद्यार्थीको रहस्यमय हत्या हुन्छ भने त्यसको जिम्मेवारि बिधालयले लिनु पर्छ कि पर्दैन ?? अनि घटनामा प्रत्यक्ष सङ्लग्नलाई तत्काल पक्राउ गरी अनुसन्धान सुरु गर्नु पर्छ कि पर्दैन ??? नेपाल प्रहरी माथि अाम नागरिकले प्रश्न गरिरहेका छन र अहिले सम्म जवाफको पर्खाइमा छन !

0 comments:

Post a Comment