हरपल जप्ने कुनै सुन्दर नाम हुनुपर्छ साथी!
अमुल्य मायाँ उचित दाम हुनुपर्छ साथी!!
प्यासि नजर भोको मन अघाउने सहजै,
तृप्ति प्याला मिठासि माम हुनुपर्छ साथी!
घातिला चोट सँग नबर्साई दिनु अश्रुधार,
बगलिमा फोटो मुखमा राम हुनुपर्छ सासाथी !!
सुन्नु हूँदैन कुराहरु पराई हुन्छन शत्रुवैरि,
तिम्रो अँध्यारो घैंटोमा घाम हुनुपर्छ साथी!
मायाँ त मायाँहो हेर खेलाँचिमा नराख्नु ,
मुटुभित्र प्रेमको पवित्र डाम हुनुपर्छ साथी!!
